बिएल संवाददाता
प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
जसमा मोरङकाे विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्रामसहित सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
त्यस्तै झापाकाे बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट १ पत्ता र सिरिन्ज ६ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित बुधबार दिउँसो पक्राउ गरेको हो।
यसैगरी झापाकाे झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ३० मिलिग्रामसहित भारत किसनगंज सतकुवा दिंगलबैक पञ्चायत-१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
त्यस्तै बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २९ वर्षीय युबराज शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी बुधबार राति पक्राउ गरेको हो।
यसैगरी बाँकेकाे कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-११ खानेपानी ट्याङकी बस्ने २७ वर्षीय राज कुमार थारूसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बुटाबाट चप्परगौडीतर्फ जाँदै गरेको भे.१ ह ७६९८ नम्बरको अटोमा सवार उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो।
यसैगरी बाँकेकाे कोहलपुर नगरपालिका-२ मनकामना चोकस्थित होटल डिभान्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बिकाशनगर बस्ने २२ वर्षीय राम बहादुर विक र १९ वर्षीय राकेश विक रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त होटलको १११ नम्बरको कोठामा बसेका उनीहरूलाई गएराति पक्राउ गरेको हो।
त्यस्तै रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१० मसानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २० वर्षीय अभिषेक सोरहिया मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ एवी ४६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक अभिषेकलाई बुधबार साँझ पक्राउ गरेको हो।
त्यसैगरी कैलालीकाे धनगढी उपमहानगरपालिका-७ जोखर तालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो।
त्यस्तै मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा करिब ३३ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय विनोद सेवा र सोही उपमहानगरपालिका-१३ वनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेका छन्।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी बिहीबार बिहान चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया