बिएल संवाददाता
अविरल वर्षापछि उदयपुरका विभिन्न ठाउँमा बाढी पसेकाे छ।
बेलका र चाैदण्डीगढी नगरपालिकाका केही क्षेत्रमा बाढी पसेकाे हाे। बाढीमा फसेकाहरुकाे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे टाेलीले उद्दार गरेकाे सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका बेलका नगरपालिका– १ भालमन्ती भौडाहास्थित त्रियुगा नदी र भालमन्ती खोलामा पानीको बहाव बढी बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नंं. ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको छ।
त्यसैगरी बेलका नगरपालिका– २ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढी बस्तीमा पस्दा डुवानमा परेका करिब २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ।
त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढीले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया