
बिएल संवाददाता
झापाको दमक नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षले गैरकानुनी रुपमा सेवाग्राहीसंग मिलेमतो गरी किर्ते कागजात दिएको पाइएको छ।
वडा नम्बर ५ को वडाध्यक्ष इन्द्र बहादुर गुरुङले आर्थिक प्रलोभनमा परि उक्त वडाबाट विवाह भई गएकी एक जनालाई विवाहित भनेर जान्दा जान्दै अविवाहित भएको भनि सिफारिस दिएका छन्।
वडाध्यक्ष गुरुङले सो वडाबाट २०६९ साल वैशाख १४ गते दमक नगरपालिका वडा नम्बर ७ का राजीव राईसँग विवाह गरेर गएकी टेकबहादुर गुरुङकी छोरी भिष्मा गुरुङले विवाह दर्ता २०७२ साल साउन १७ गते गरेकी थिइन्। तर वडाध्यक्ष गुरुङले आर्थिक प्रलोभनमा परी निज भिष्माको विवाह भएको भनेर जान्दा जान्दै कानुनी सिमा नाघेर २०७९ साल कार्तिक २७ गते अविवाहित हो भनेर प्रमाणित गरी कागज बनाइदिएको पाइएको छ।
वडाध्यक्ष गुरुङसँग यस विषयमा कुरा गर्न खोज्दा कुरै गर्न चाहेनन्। पटकपटक गुरुङलाई सम्पर्क गर्न खोज्दा फोन नउठाउने र वडा कार्यालयमै गएर कुरा गर्न खोज्दासमेत गुरुङले यस विषयमा प्रतिक्रिया नदिइ टार्ने, भाग्ने गरेपछि वडाध्यक्ष गुरुङले मोटो रकम लिएर उक्त सिफारिस गरिदिएको आशंका गरिएकाे छ।
विवाहिता भिष्मालाई बेलायत जानको लागि अविवाहित भएको सरकारी कागज चाहिएपछि माइती घरमा आउजाउ हुँदा राम्रो चिनजान भएका वडाध्यक्ष गुरुङलाई आर्थिक प्रभावमा पनि भिष्माले उक्त सिफारिस लिएको श्रोतको दावी छ। मतदाता नामावलीमा समेत भिष्माको पतिको महलमा राजिव लेखिएको पाइएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया