बिएल संवाददाता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियाकाे राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।
पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ।
गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।
क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरूसहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन्।
पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ।
रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए।
पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ, जबकि विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक पनि साथको प्रतिनिधिमण्डलको हिस्सा हुनेछन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया