बिएल संवाददाता
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्रिश्चियनबारे दिएकाे अभिव्यक्तिकाे चाैतर्फी विराेध भएपछि प्रष्टीकरण दिएका छन्।
मन्त्री किरातीले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा दिएकाे धार्मिक अभिव्यक्तिकाे आलोचना भएपछि उनले प्रष्टीकरण दिएका हुन्।
उनले बहसको लागि सबैलाई धन्यवाद दिँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नाे जोड भएकाे बताएका छन्।
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न मन्त्री किरातीले आग्रह गरेका छन्। उनले आफू सबैको अभिभावक भएकाले सबै अस्तित्वको समान गर्ने प्रष्ट पारेका छन्।
‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया