बिएल संवाददाता
छठ पर्व आउनका लागि १० दिन मात्र बाकी रहेका बेलामा सुनसरी सहित तराई–मधेश क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका परिवार बाँसबाट निर्माण गरिने परम्परागत सामग्री बनाउन व्यस्त भएका छन्।
सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, देवानगन्ज, हरिनगर, भोक्राहा नरसिंह, दुहबी, रामधुनी, गढी, बर्जु इटहरी, धरान, बराहक्षेत्र लगायतका स्थानमा बसोबास गर्दै आएका मरिक समुदायका व्यक्तिहरुले छठ पर्वमा आवश्यक पर्ने बाँसका साम्री बनाउनका लागि ब्यस्त भएका हुन्।
छठ पर्वका लागि आवश्यक पर्ने ढाकी, नाङ्लो, सुप, कोनिया, डाला लगायतका सामग्री बनाउन मरिक समुदायका महिला तथा पुरुषलाई अहिले भ्याइनभ्याइ भएको हरिनगरका भट्टाई मरिकले बताए।
पर्वलाई लक्षित गरी केही दिन अघिदेखि नै सामग्री निर्माण र बिक्रीका लागि बजार लैजाने तयारीमा लागि उनको भनाई छ।
छठ पर्वमा बाँसबाट बनेका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्व रहेकाले यस समयमा यसको माग बढ्ने गरेको छ।
विशेषगरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा फलफूल, नरिवल, उखु तथा अन्य पूजाका सामग्री राख्न बाँसका सामग्री प्रयोग गरिन्छन्।
पुर्खौंदेखि बाँसका सामग्री निर्माण गर्दै आएको मरिक समुदायका लागि छठ पर्व आम्दानीको महत्वपूर्ण अवसर समेत बन्ने गरेको स्थानीय अमिरका मरिकले बताए।
यद्यपि बजारमा प्लास्टिक तथा आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत पेशा संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया