बिएल संवाददाता
प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट २१ किलो सुन बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो परिमाणको सुन बरामद गरेको हो। सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विवरण खुलाएको छैन। शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरूबारे जानकारी दिने प्रहरीको तयारी छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा २१ किलो सुनमा तस्करीमा चिनियाँ नागरिकको समूहको संलग्नता रहेको पाइएको छ। चिनियाँ तस्कर समूहसँग एकजना नेपालीको पनि संलग्नता देखिएको छ।
प्रहरीले नेपाली नागरिकको पृष्ठभूमि र विवरण र यसअघिका आपराधिक गतिविधिबारे जानकारी संकलन गरिसकेको स्रोतले बतायो।
तिनै नेपाली नागरिकसँग मिलेर चिनियाँहरूले बुढानिलकण्ठमा सुन लुकाएर राखेका थिए। सुन लुकाएको गोप्य सूचनाका आधारमा बुढानिलकण्ठ क्षेत्रमा एक सातादेखि निरन्तर रेकी गरिएको प्रहरी स्रोतले बतायो।
चीनबाट ल्याएको सुन भण्डारणको सूचना गृहमन्त्री सुधन गुरुङसँग पनि पुगिसकेको प्रहरीले स्रोतले बतायो। गृहमन्त्रीको गोप्य निर्देशनमा प्रहरी टोली सुन लुकाएको ठाउँ पत्ता लगाउन एक सातादेखि बुढानिलकण्ठ क्षेत्रमा गोप्य रुपमा परिचालित भएको थियो।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूसँग बयान लिने काम भइरहेको छ। तस्करीमा अन्य व्यक्तिको संलग्नताबारे पत्ता लगाउने प्रयास जारी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया