बिएल संवाददाता
ललितपुरस्थित युनाइटेड फेलोशिप नेपालको अध्यक्ष तथा समाजसेवी सुजिन महर्जन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।
उनी दोस्रो गान्थी पिस अन्तराष्ट्रिय मोटिभेसनल अवार्ड २०२६ बाट सम्मानित भएका हुन्।
लागुऔषध दुर्व्यसनविरुद्ध लामो समयदेखि कार्यरत महर्जनलाई आउटस्ट्यान्डीङ युथ लिडर एन्ड सोसियल वर्कर अर्वाडबाट मंगलबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा सम्मान गरिएकाे हाे।
उनले समाज र राष्ट्रका लागि सकारात्मक परिवर्तन प्रवद्र्धन र सामाजिक विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रमुख अतिथिका रूपमा सहभागी रहेकाे नमत पार्टीका अध्यक्ष डा. सीके राउतबाट
सम्मान ग्रहण गर्दै महर्जनले अन्तर्राष्ट्रिय सम्मानले सामाजिक सेवा, लागु औषधविरुद्धको अभियान र युथ लिडरका रुपमा जनताको पक्षमा काम गर्न तथा थप सक्रिय रहन आफूलाई प्रेरणा मिलेको बताए।
समाजसेवा, मानवता र सामाजिक उत्तरदायित्वलाई आफ्नो कर्मको महत्वपूर्ण हिस्सा बनाउँदै अघि बढिरहेका महर्जनले समाजिक कार्यमा उत्कृष्ट योगदान वापत सो अवार्ड प्राप्त गरेका हुन्।
यसअघि उनी अन्तर्राष्ट्रिय उत्कृष्टता अवार्ड–२०२६ बाट सम्मान भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया