बिएल संवाददाता
लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित जाजरकोटको पहिरो प्रभावित क्षेत्रमा पुगेको छ।
नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्बर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो।
बाटो मर्मत नहुँदा राहत सामग्री ढुवानी समस्या भएपछि मानिस हिंडन मिल्ने गरेर मंगलबार बाटो मर्मतपछि सरकारी अधिकारीको टोली राहत सामग्री लिएर रिसाङ पुगेको हो।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भवानी दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी गोबिन्द थापालगायतको टोली रिसाङ पुगेको हो।
कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्रीदेखि जिल्लामा उपलब्ध अन्य सामग्री लिएर सुरक्षाकर्मीलगायत अन्य टोली मृतकका घर–घरमा पुगेको नेपाली सेनाले जनाएको छ।
बाटो नहुँदा विरामी, सर्वसाधारण तथा राहत ढुवानीमै समस्या भएपछि पीडित बनेका स्थानीयबासीलाई बाटो मर्मत भएपछि सहज भएको छ।
मृतक चारै जनाको घरमा गएर टोलीले भेटघाट समेत गरेको छ। रिसाङस्थित विद्यालयमा बसेका विस्थापितलाई समेत टोलीले भेटेको छ। आजदेखि बाटो मर्मत गरेर राहत सामग्री लिन सकिने अवस्था भएपछि सबैलाई सहज भएको छ।
शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर बेपत्ता भएका तीन जनाको शव फेला परेको थियो भने एक जना उपचारकै क्रममा मृत्यु भएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया