बिएल संवाददाता
अविरल वर्षाका कारण ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१४ ठैवस्थित दशघरे क्षेत्रमा पहिरो गएपछि दुई वटा घर उच्च जोखिममा परेका छन्।
जोखिममा परेका घरहरूको स्थलगत निरीक्षण तथा अनुगमनका लागि ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नरहरी धिमिरे, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, सशस्त्र प्रहरी बल नेपाल नं. २१ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश तुम्बाहाम्फे, प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक वकिलबहादुर सिंह लगायत जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरू घटनास्थल पुगेका थिए।
अनुगमनका क्रममा अमरसिंह महर्जन र कृष्णबहादुर महर्जनका दुई वटा घर पहिरोको उच्च जोखिममा रहेको पाइएपछि थप क्षति हुन नदिन आवश्यक सुरक्षा उपाय, जोखिम न्यूनीकरण तथा सम्भावित समाधानका विषयमा स्थलगत मूल्याङ्कन गरिएको थियो। साथै, स्थानीय बासिन्दासँग छलफल गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिइएको थियो।
सम्बन्धित निकायहरूले धनजनको क्षति हुन नदिन तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपायका साथै जोखिम न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न आवश्यक समन्वय भइरहेको जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया