बिएल संवाददाता
वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीयहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
विकासको नाममा विनाश गर्न नहुने भन्दै उनीहरूले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन्। साथै उनीहरूले सर्वोच्च अदालतले वीरगञ्जबासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतंक बन्द गर लगायतका नारा लगाएका थिए।
वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौंदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौं परिवार विस्थापित हुने बताए।
उनले मुआब्जाका लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुँ दा पनि कुनै सुनुवाइ हुन नसकेको गुनासो गरे।
उनले वीरगञ्जको मेनरोडलाई शहरी मार्गको रुपमा कायम गर्नुपर्ने बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया