बिएल संवाददाता
उच्च अदालत पाटनले लालीबजार फिल्मको सफ्टकपी झिकाउन आदेश गरेको छ।
मंगलबार न्यायाधीशहरू स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको इजलासले षड्कोण आर्ट्सबाट लालीबजार फिल्मको सफ्टकपी देखाएर फिर्ता लैजाने गरी झिकाउन आदेश दिएको हो।
बुधबार बस्ने इजलासमा उक्त फिल्म देखाउन आदेशमा भनिएको हो।
रोशनी नेपाली वादीले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै इजलासले फिल्म हेरेर दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय लिने भएको हो।
यसअघि जेठ १ गते सर्वोच्च अदालतले फिल्म हेरेर निर्णय लिन उच्च अदालतको नाममा आदेश जारी गरेको थियो।
लालीबजार फिल्म अदालतमा मुद्धाको कारण रिलिज मितिभन्दा एक सातापछि अर्थात वैशाख २५ गतेदेखि निरन्तर प्रदर्शनमा छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया