बिएल संवाददाता
प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु।’
उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे। साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ।
उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु त्यसको निर्णय प्रक्रियामै छ। प्रक्रिया सक्किएर त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्याय संम्वद्ध मैले गर्ने छु।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया