शुक्रबार, १९ डिसेम्बर २०२५

जेनजी आन्दोलनका घाइतेहरूलाई मासिक निर्वाह भत्ता दिइने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ।

 घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता दिने भएकाे हाे। 

स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ।

कार्यविधिअनुसार मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार दिइने छ।

सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था छैन। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!