बिएल संवाददाता
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाइकिङ जाँदा हराएका तीनजनाको नेपाली सेनाले उद्धार गरेको छ।
निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङ जाँदा हराएका २ महिला र १ पुरुष गरी तीन जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उनीहरू शिवपुरी हाइटतर्फ जाने क्रममा बाटो बिराएर हराएका थिए।
हाइकिङ गएका उनीहरू नफर्केपछि नेपाली सेनाको चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले उद्धारमा खटिएको थियो।
उनीहरूलाई मध्यरातमा शिवपुरी पिक इलाकामा फेला पारेको सेनाले जनाएको छ। सेनाले उनीहरूको उद्धार गरी प्रहरीको जिम्मा लगाएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया