अन्नपूर्ण पोष्ट
कर्णाली प्रदेशका सामुदायिक विद्यालयले भौतिक पूर्वाधारसँगै अन्य सेवासुविधाको अभाव झेल्दै आएको छ। तर, पछिलो समय कर्णालीका सामुदायिक विद्यालय रित्तिन थालेका छन्। निजी विद्यालयप्रतिको आकर्षण, गरिबी, बेरोजगारीलगायतका समस्यासँगै विद्यालय जाने उमेरका युवा विदेश जान थालेपछि कर्णालीका सामुदायिक विद्यालय विद्यार्थी अभावले रित्तिन थालेका हुन्।
कर्णालीको राजधानी सुर्खेतको मुटुमा रहेको बालमन्दिर प्राविमा ४० जना विद्यार्थी छन्। जुन विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म सञ्चालन भइरहेको छ। यो विद्यालयले विद्यार्थी अभाव झेलिरहँदा यसको नजिकैका निजी विद्यालयहरूमा भने विद्यार्थीको संख्या खचाखच छ। विद्यालयकी शिक्षिका शान्ता खत्रीले पछिल्लो समय विद्यार्थी संख्या घट्दै गएको बताइन्। ‘हाम्रो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा एक सय विद्यार्थी छन्। भर्ना भएका सबै विद्यार्थी पनि विद्यालय आउँदैनन्। पहिले विद्यार्थीको भीड हुन्थ्यो। पछिल्ला वर्षमा भर्ना हुने विद्यार्थीको संख्या अत्यन्तै न्यून छ’, उनले भनिन्।
सुर्खेतकै सिम्ता गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय खरेलामा जम्मा १३ विद्यार्थी छन्। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले जिल्लामा २५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालय ४५ वटा रहेको जानकारी दिए। उनका अनुसार सिम्ताकै उपल्लो खालीको प्राविमा जम्मा ५ जना विद्यार्थी छन्। गुर्भाकोटको जनसेवा प्रावि पिङडाँडामा ६ जना अध्ययनरत छन्। यस्तै भगवती प्रावि नडेकोटमा ८, लेकबेंसी नगरपालिकाको खाँडादेवी प्रावि गोधजुरेमा ८, वीरेन्द्रनगर नगरपालिकाकै मनकामना प्रावि काँफलटाकुरामा ८ र शिव प्रावि ज्याल्सेखोलामा १३ जना विद्यार्थी छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया