अनलाइनखबर
सीके राउत नेतृत्वको जनमत पार्टी समाजवादी व्यवस्थाको विपक्षमा स्पष्ट खुलेको छ। पार्टीका अध्यक्ष राउतले २१ माघमा बसेको सचिवालय बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा समाजवादलाई भ्रमको संज्ञा दिएका छन्।
राउतले विद्यमान समस्यालाई समाजवादले हल गर्न नसक्ने भन्दै पुँजीवादी क्रान्तिपछि मात्रै समाजवाद ल्याउन सकिने उल्लेख गरेका छन्।
वृहत शान्ति सम्झौता, नेकपा (माओवादी) ले नेकपा (एमाले) सँग गरेको पार्टी एकता र नेपालको संविधान २०७२ ले समेत समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएपछि समाजवादप्रति बनेको स्वतः धारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको राउतले अगाडि सारेको राजनीतिक प्रस्तावको निष्कर्ष छ।
राउतले नेपालमा पुँजीको आकांक्षा राख्ने, तर पुँजीवादको विरोध गर्ने मानसिकता रहेको भन्दै यसले राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको तर्क गरेका छन्। जनमतको प्रस्तावमा अगाडि उल्लेख छ, ‘यदि नेपाललाई धनी र समृद्ध बनाउनु छ भने सबभन्दा पहिला नेपाली समाजको अन्तस्करणमा रहेको पुँजी, पुँजीवाद र पुँजीपति प्रतिको घृणा हटाउनु पर्दछ। विशाल पुँजीको अपेक्षा गर्ने अनि पुँजीवाद र पुँजीपतिसँग शत्रुता गर्ने कुरा हुन सक्दैन।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया