लोकान्तर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत र प्रहरीबीच कुस्तीको सीसीटीभी फूटेज सामाजिक सञ्जालमा भाइरल छ।
अध्यागमन अधिकृत छायाँलाल मोक्तानसँग प्रहरीको केहीबेर वादप्रतिवाद भएको र त्यसपछि ४/५ जना प्रहरीले कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ।
यो घटनाले त्रिभुवन विमानस्थलमा पछिल्लो समय विकसित हुँदै गरेको तनावलाई संकेत गर्छ।
अन्तर्राष्ट्रिय विमानस्थल एक हिसाबले हेर्दा अन्तर्राष्ट्रिय सीमा पनि हो। यससँग देशको छवि जोडिएको हुन्छ। यस्तो संवेदनशील क्षेत्रमा हुने हड्ताल र तनावले देशकै प्रतिष्ठा गिराउने काम गरेको छ।
यहाँसम्म कि एक विदेशी पाइलट त ‘आई विल नेभर कम टु नेपाल’ भनेर बिदा भएको विषय समेत अहिले विमानस्थलका कर्मचारीबीच चर्चामा छ।
पाइलटले त्यस्तो गुनासो गरेको घटना यही माघ ८ गतेको हो। विमानस्थलमा अध्यागमनका कर्मचारीले आन्दोलन गर्दा सेवा प्रभावित भएको थियो। सो दिन अध्यागमनको ढिलाइका कारण उडान प्रभावित भएपछि ती पाइलटले यस्तो गुनासो गरेका रहेछन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया