लोकान्तर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत र प्रहरीबीच कुस्तीको सीसीटीभी फूटेज सामाजिक सञ्जालमा भाइरल छ।
अध्यागमन अधिकृत छायाँलाल मोक्तानसँग प्रहरीको केहीबेर वादप्रतिवाद भएको र त्यसपछि ४/५ जना प्रहरीले कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ।
यो घटनाले त्रिभुवन विमानस्थलमा पछिल्लो समय विकसित हुँदै गरेको तनावलाई संकेत गर्छ।
अन्तर्राष्ट्रिय विमानस्थल एक हिसाबले हेर्दा अन्तर्राष्ट्रिय सीमा पनि हो। यससँग देशको छवि जोडिएको हुन्छ। यस्तो संवेदनशील क्षेत्रमा हुने हड्ताल र तनावले देशकै प्रतिष्ठा गिराउने काम गरेको छ।
यहाँसम्म कि एक विदेशी पाइलट त ‘आई विल नेभर कम टु नेपाल’ भनेर बिदा भएको विषय समेत अहिले विमानस्थलका कर्मचारीबीच चर्चामा छ।
पाइलटले त्यस्तो गुनासो गरेको घटना यही माघ ८ गतेको हो। विमानस्थलमा अध्यागमनका कर्मचारीले आन्दोलन गर्दा सेवा प्रभावित भएको थियो। सो दिन अध्यागमनको ढिलाइका कारण उडान प्रभावित भएपछि ती पाइलटले यस्तो गुनासो गरेका रहेछन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया