सेतोपाटी
मनु नेम्वाङले यो वर्ष मात्रै ४० वटा गीत गाइन्। उनको पछिल्लो गीत डेढ महिनाअघि रेकर्ड भएको थियो। कुनै बेला उनी दिनकै तीन/चार वटा गीत रेकर्ड गर्थिन्।
झन्डै तीन दशक भयो उनले गाउन थालेको। अहिलेसम्म कतिवटा गीत गाइसकिन्, उनैलाई याद छैन। अन्तिमपटक उनले गन्दासम्म आठ सयवटा पुगेका थिए। गन्न छोडेको आठ वर्ष भइसक्यो। अहिले एक हजारभन्दा त बढी भइसकेको उनी बताउँछिन्।
मनु नेपाली र लिम्बू दुबै भाषाका गीत गाउँछिन्। बढी परिचित भने लिम्बू भाषाकै गायनमा छिन्। लिम्बू समुदायविशेष कार्यक्रम होस् वा कुनै समारोह, मनुका गीत बिरलै छुट्छन्। उनलाई दर्शकले 'स्वर किन्नरी' को उपाधि समेत दिएका छन्।
उनी अभिनय पनि गर्छिन्। हरेकजसो लिम्बू फिल्ममा उनले काम गरेकी छन्, कुनैमा अभिनय त कुनैमा डबिङ।
'आफ्नो संस्कृतिको गीत गाउनेहरू कम छन्। म लिम्बू भाषामै पहिचान बनाउँछु भनेर लागिपरेकी मान्छे हुँ,' उनी भन्छिन्।
उनको आफ्नै रेकर्ड स्टुडियो छ, एभरेस्ट कल्चर मिडिया। यहाँ गीत रेकर्ड र फिल्म डबिङ हुन्छ। यसबाहेक उनको अधिकांश समय होटलमा बित्छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया