बाह्रखरी
ठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।
हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् । तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।
२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।
काठमाडौं । काठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।
हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् । तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।
२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।
जिल्ला अदालतले झाको हत्या भएको ठहर गर्दै हत्या घटनामा आरोपी तामाङ संलग्न हो भन्ने आधार र प्रमाण नदेखिएको भन्दै उनलाई सफाई दिएको छ । तामाङलाई तत्कालीन अपराध महाशाखाले २०७६ भदौमा पक्राउ गरेको थियो ।
त्यो बेला भने अदालतलेसमेत उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, करिब दुईवर्ष पुर्पक्षका लागि थुनामा बसेपछि तामाङलाई जिल्ला अदालतका न्यायाधीस बद्रिप्रसाद ओलीको एकल इजलासले २०७७ चैत २३ मा सफाइ दिएको थियो ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया