लोकान्तर
समाज कल्याण परिषदमातहत रहेका ५ वटा कोष 'कल्याण'को क्षेत्रमा काम गर्नुको साटो कर्मचारी पाल्नमै सीमित भएका छन् ।
परिषद मातहत उपकार कोष, राष्ट्रिय अपांग कोष, राष्ट्रिय स्वास्थ्य कोष, ज्येष्ठ नागरिक कोष र सामाजिक उद्यमशीलता कोष वर्षौंदेखि सञ्चालनमा छन् ।
परिषदले ती सबै कोषमा मासिक तलब भत्ता खाने गरी सभापति र सदस्यसचिव नियुक्ति गर्ने गरेको छ । त्यसबाहेक, ती कोषहरूमा भत्ता खाने गरी बोर्ड सदस्य र कर्मचारीहरू छन् ।
परिषद्ले दिने वार्षिक अनुदानले पदाधिकारी तथा कर्मचारीको तलब भत्ता समेत नपुग्दा लक्षित वर्गको 'कल्याण'को काम हुन सकिरहेको छैन ।
समाजका कमजोर, असहाय र असक्त व्यक्तिहरूलाई सेवा पुर्याउने, पिछडिएको वर्गलाई आर्थिक एवं सामाजिकरूपमा सक्षम बनाउने, कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले समाज कल्याण परिषदको स्थापना भएको हो । २०३४ सालमा स्थापना भएको परिषदले आफ्नो मुख्य उद्देश्य 'समाज कल्याण'को काम नै गरिरहेको छैन ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया