लोकान्तर
राष्ट्रिय बालअधिकार परिषदका कर्मचारीले नियमविपरीत दोहोरो भ्रमण भत्ता बुझेको पाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषदमा हरेक वर्ष विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनुगमन गर्न जाँदा पदाधिकारीदेखि कर्मचारीहरूले दोहोरो भत्ता बुझ्ने गरेका छन् ।
२०८१ फागुन १८ देखि २५ गतेसम्म कर्णाली प्रदेशमा बालगृहको अनुगमन गर्न गएका परिषदका तीन कर्मचारीले दोहोरो भत्ता बुझेको प्रमाण नै लोकान्तरले फेला पारेको छ ।
जुम्ला, कालिकोट र सुर्खेतमा अनुगमन गर्न जाँदा अनुगमन गरेको संस्था र परिषद दुवैबाट भ्रमण भत्ता बुझेको पाइएको हो ।
परिषदका कर्मचारीहरू बाल संरक्षण अधिकृत सुनिता शाह, कार्यक्रम सहायकद्वय लोचन रेग्मी र मीना केसीले दोहोरो भत्ता बुझेको पाइएको हो ।
सुनिता शाहले १८ सय रुपैयाँ प्रतिदिनका हिसाबले साढे ७ दिनको १३ हजार ५ सय रुपैयाँ, लोचन रेग्मी र मीना केसीले पनि जनही १४ सय रुपैयाँको दरले साढे ७ दिनको कुल १० हजार ५ सय भत्ता बुझेको देखिन्छ ।
अब अमेरिका जाँदा तीन सहर मात्र प्रयोग गर्नुपर्ने
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया