लोकान्तर
सरकारले साना तथा मझौला कम्पनीलाई पुँजीबजारमा ल्याउन सहज हुनेगरी कानूनी व्यवस्था गर्ने भएको छ। सरकारले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली ल्याउन लागेको हो।
अर्थ मन्त्रालयले नियमावलीको मस्यौदा स्वीकृतगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। यसअघि कम चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरूले पनि धितो पत्र निष्कासन गर्न पाउनेगरी धितो पत्र बोर्डले नियमावलीको मस्यौदा तयार गरेको थियो। बोर्डले २०८० चैत १६ गते सार्वजनिक गरेको मस्यौदा जेठ ६ गते अर्थ मन्त्रालयमा पठाएको थियो भने अर्थ मन्त्रालयले मस्यौदालाई मन्त्रिपरिषद्मा पठाएको हो।
प्रस्तावित नियमावलीमा साना तथा मझौला सङ्गठित संस्थाहरूका लागि धितो पत्रको कारोबार गर्न सक्नेगरी छुट्टै ‘स्माल मिडियम इन्टरप्राइजेज’(एसएमई) ल्पाटफर्म बनाउने व्यवस्था प्रस्ताव गरिएको छ।
मस्यौदा स्वीकृति भएपछि पुँजी बजारमा आउन नसकेका साना तथा मझौला संस्थाहरूका लागि नयाँ बाटो खुल्ने छ। यसले साना तथा कम चुक्ता पुजी भएकाहरूले पनि पुँजी बढाउन सेयर निष्कासन गर्न पाउनेछन्। अर्थात् स–साना कम्पनीले पनि आइपीओमार्फत् सर्वसाधारणसँग रहेको पुँजी परिचालित गर्न पाउनेछन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया