अनलाइनखबर
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई आगामी वर्षबाट घर दिने योजना अगाडि सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि बजेटबाट नै अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गर्दैछ ।
‘हाम्रो पालिका मकवानपुरकै विकट गाउँपालिका हो, यहाँका मानिसहरू घरबारी छोडेर शहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले पनि बसाइँ सरी आउनेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बसाइँसराइ गरेर आउनेलाई दुहुनो गाई उपहार दिने गत आर्थिक वर्षबाट नै सुरु भएको हो । पालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा बसाइँ सरेर आउने परिवारलाई ३० हजार रुपैयाँ बराबरको दुहुनो गाई उपहार दिने घोषणा गरेको थियो । बसाइँसराइ रोक्न, युवालाई स्वरोजगार बनाउन अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको पालिकाको दाबी छ ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया