उकेरा
६ वर्षकै उमेरमा बिहेवारि गरेर सन्तान पनि जन्माउन सम्भव छ? जैविक रूपमा असम्भव छ। तर जिल्ला अदालत रुपन्देहीका तत्कालीन जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले गरेको फैसला हेर्ने हो भने सम्भव छ।
अंश सम्बन्धी विषयमा रुपन्देही अदालतमा परेको मुद्दामा २०८० भदौ २६ मा फैसला गर्दै कोइरालाको इजलासले २०१२ साल जन्ममिती रहेकी मल्ती मल्लाहीनलाई २००६ सालमा जन्मिएका सुखु मल्लाहको छोरी कायम गरिदिए।
२०४० असोज ११ गते जारी भएको सुखुको नागरिकतामा उल्लेख भएको उमेर अनुसार उनको जन्ममिती २००६ देखिन्छ। अनि जिल्ला प्रशासन कार्यालयबाट जारी मल्ती मल्लाहीनको उल्लेख उमेर अनुसार उनको जन्ममिति: २०१२ साल नै उल्लेख छ जहाँ उनको बाबुको नामको ठाउँमा सुखुको नाम राखिएको छ। जारी मिति २०४६ जेठ २० उल्लेख छ।
तत्कालीन जिल्ला न्यायाधीश कोइरालाले नागरिकतामा बाबुको नाम लेखेको आधारमा पुन प्रश्न उठाउन र थप प्रमाण खोज्न आवश्यक नभएको भन्दै मल्तीलाई सुखुको छोरी कायम गरिदिए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया