बाह्रखरी
सरकारले निकै महत्व दिँदै बजेट छुट्याउने राष्ट्रिय गौरवका आयोजनाका हालत निकै नाजुक देखिन्छ । उच्च प्राथमिकतासहित बजेट छुट्याए पनि आयोजनाको प्रगति भने कछुवा गतिमा हुने गर्छ । आर्थिक वर्ष २०८०/८१ का लागि छुट्याएको बजेटमा शतप्रतिशतको हाराहारीमा खर्च हुँदा पनि त्यसको भौतिक प्रगति भने सन्तोषजनक देखिँदैन ।
सिँचाइ होस् वा सडक, जलविद्युत् होस् वा धार्मिकस्थल सबैतिर काम निकै सुस्त हुँदा वर्षेनी लागत बढ्दै गएको छ । आयोजनामा प्रत्येक वर्ष बजेट खर्च हुने र प्रगति भने धिमा हुने गरेको पाइन्छ । कतिपय आयोजनालाई माग गरेजति बजेट छुट्याउने र पुरा बजेट खन्याउँदा पनि प्रगति भने निकै कम हुने गरेको देखिन्छ ।
यसअघिका हरेक वर्षझैँ आर्थिक वर्ष २०८०/८१ मा पनि सरकारले राष्ट्रिय गौरवका आयोजनाले छुट्याएको बजेटमा ९५ प्रतिशत बढी खर्च गरेका छन् ।
तर, सरकारले जुन अपेक्षाले आयोजनामा खर्च गर्ने गर्छ, त्यो अनुसारको काम भएको पाइँदैन । मागअनुसारको बजेट दिएपनि अपेक्षित काम नहुँदा पाँच–दश वर्षमा सक्ने लक्ष्य राख्दै थालिएका आयोजना वर्षौ लाग्ने गरेका छन् । कछुवाको गतिमा अघि बढ्दा लागत बढ्ने राज्यमाथि व्ययभार थपिएको थपियै छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया