बाह्रखरी
सरकारले निकै महत्व दिँदै बजेट छुट्याउने राष्ट्रिय गौरवका आयोजनाका हालत निकै नाजुक देखिन्छ । उच्च प्राथमिकतासहित बजेट छुट्याए पनि आयोजनाको प्रगति भने कछुवा गतिमा हुने गर्छ । आर्थिक वर्ष २०८०/८१ का लागि छुट्याएको बजेटमा शतप्रतिशतको हाराहारीमा खर्च हुँदा पनि त्यसको भौतिक प्रगति भने सन्तोषजनक देखिँदैन ।
सिँचाइ होस् वा सडक, जलविद्युत् होस् वा धार्मिकस्थल सबैतिर काम निकै सुस्त हुँदा वर्षेनी लागत बढ्दै गएको छ । आयोजनामा प्रत्येक वर्ष बजेट खर्च हुने र प्रगति भने धिमा हुने गरेको पाइन्छ । कतिपय आयोजनालाई माग गरेजति बजेट छुट्याउने र पुरा बजेट खन्याउँदा पनि प्रगति भने निकै कम हुने गरेको देखिन्छ ।
यसअघिका हरेक वर्षझैँ आर्थिक वर्ष २०८०/८१ मा पनि सरकारले राष्ट्रिय गौरवका आयोजनाले छुट्याएको बजेटमा ९५ प्रतिशत बढी खर्च गरेका छन् ।
तर, सरकारले जुन अपेक्षाले आयोजनामा खर्च गर्ने गर्छ, त्यो अनुसारको काम भएको पाइँदैन । मागअनुसारको बजेट दिएपनि अपेक्षित काम नहुँदा पाँच–दश वर्षमा सक्ने लक्ष्य राख्दै थालिएका आयोजना वर्षौ लाग्ने गरेका छन् । कछुवाको गतिमा अघि बढ्दा लागत बढ्ने राज्यमाथि व्ययभार थपिएको थपियै छ ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया