लोकान्तर
बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको दल (माओवादी)केन्द्रित भयो भनेर आलोचना गरेको २ साता नपुग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः यस सम्बन्धमा असन्तुष्टि व्यक्त गरेका छन् ।
अघिल्लो असन्तुष्टिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर खासै समस्या नरहेको बताएका ओलीले असार १ गते संसदीय दलको बैठकमा फेरि बजेटमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।
शनिबार बसेको दलको बैठकमा उनले देशलाई गरिबीतिर जानबाट रोक्नका लागि सरकारमा गएको भन्दै सरकारका काममा सन्तोष मान्न नसकिने बताए ।
‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक भन्नेमा अलिक छलफल गर्नुपर्ने हुन्छ । एक–दुईजनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भनेर, देश गरिबीतिर गए पनि के भयो र, हामी सरकारमा छौं भनेर हुन्छ ?,’ ओलीले शनिबार दलको बैठकमा भने, ‘हामी देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएका हौं । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया