लोकान्तर
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ ।
र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्जन र खुम्चिएको दृश्यबाहेक अर्को देखिन्न । नेपाल कम्युनिस्ट पार्टी स्थापनको ७५ वर्ष पार गरेर हीरक वर्ष मनाइसकिएको छ । यो ७५ वर्ष कम्युनिस्ट पार्टीको इतिहासका हरेक पानामा गुट, फुट, आरोपप्रत्यारोप मात्रै भेटिन्छन् । कम्युनिस्ट पार्टी विभाजन भएपछि एकअर्कालाई गैरवामपन्थी, दक्षिणपन्थी, अवसरवादी, उग्र वामपन्थी, अराजकतावादी, निम्न पुँजीवादी चरित्रलगायत दर्जनौं आरोप लगाउने गरेका छन् ।
कम्युनिस्ट पार्टी विभाजनको शृङ्खलामा वैचारिक मतभेद मात्रै रहँदैन । कतिपय विषयलाई व्यक्तिगत चरित्रमा समेत प्रश्न गरेर जनमत आ–आफ्नो पक्षमा पार्ने कसरत गरेको पाइन्छ । कम्युनिस्ट पार्टीहरू मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनिनवादलाई अंगाल्छन् । कम्युनिस्ट पार्टीहरूले त्यसैको आधारमा राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, मुलुकको राजनीतिक शक्तिहरूले अंगालेका सैद्धान्तिक चरित्रलाई हेरेर अन्तर्विरोधबारे विश्लेषण गर्ने गर्छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया