अन्नपूर्ण पोष्ट
हामी आज २३ वर्ष प्रवेश गरेका छ। यस पुनित अवसरमा तमाम पाठक, शुभचिन्तक तथा विज्ञापनदातामा म हार्दिक बधाई तथा शुभकामना साट्न चाहन्छु। यो तपाईंहरूको प्रगतिको पाइला हो, हामी केवल गोरेटो हौं।
द्वन्द्वको उत्कर्ष, दरबार हत्याकाण्डको दर्दनाक प्रतिछाया, नयाँ राजाको तानाशाही अभ्यास आरम्भ र आसन्न जनआन्दोलनको बीजारोपण– यस्ता राजनीतिक चतुर्भुजीय परिघटनाको असहज परिवेशमा अन्नपूर्ण पोस्ट्को जन्म भएको थियो। हाम्रो शैशवकालमै देशमा दोस्रो जनआन्दोलन उर्लियो। प्रार्दुभावमै राष्ट्रप्रतिको गहन जिम्मेवारी काँधमा बोकेको यस पत्रिकाले त्यसयताका राजनीतिक मोडहरूमा आफूलाई निखार्दै, तिखार्दै लग्यो। देशमा लोकतन्त्र आयो। गणतन्त्र आयो। संविधान बन्यो। संघीयता लागू भयो। राज्यको पुनर्संरचना भयो। चुनावहरू भए। हामी अग्रगमन, पहरेदारी, सुसूचना र सचेतनामा राष्ट्रको सारथि बनिरह्यौं।
लोकतन्त्रकै परिपक्वताको समानान्तरमा हाम्रो परिपक्वता विकास हुँदै गएको छ। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र विधिको खबरदारी हाम्रा मुख्य र अपरिवर्तनीय पहिचान हुन्।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया