लोकान्तर
                                रूपन्देहीको बुटवलका उद्यमी राजेन्द्रसिंह गुरूङ आफ्ना तीन छोरी सृष्टि, सोनाली र शिल्पीलाई सानैदेखि देशमै बसेर उद्यम गर्नुपर्छ भन्ने सपना देख्न सिकाउँथे । बुवाको रवाफबाट आकर्षित र आमाको प्रेरणाले उनीहरूको जीवनलाई सधैँ निर्देशित गर्यो । बुवाआमाको प्रेरणा र हौसलालाई मनन् गर्दै अघि बढेका दिदीबहिनीले अध्ययन सकेर देशमै उत्पादनमूलक उद्योग खोल्ने अवधारणा निर्माण गरेँ । राजेन्द्रले आफूले बुटवलमा सञ्चालन गर्दै आइरहेको ‘इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिज’ तीन छोरीलाई हेर्ने जिम्मा लगाए । बुवाको उद्योग हेर्दै उनीहरूले विभिन्न क्षेत्रको गहिरो अध्ययन गरे । यसबाट नयाँ सोच निस्कियो । यही सोचबाट तीन दिदीबहिनीले विसं २०७७ देखि भवन निर्माणमा नयाँ प्रविधि भित्राउँदै रूपन्देहीको कञ्चन गाउँपालिका–१ लौसामा एलजीपीएस प्रविधिमा आधारित उद्योग खोले । जसको नाम ‘आईटी स्टील स्ट्रक्चर सोल्युसन्स प्रालि’ राखियो । दिदीबहिनीले अहिले उद्योगको आफ्नै आवासीय बिल्डिङ पनि (भवन) बनाएका छन् ।
आईटी स्टील एलजीपीएस प्रविधिमा आधारित नेपालकै पहिलो उद्योग भएको बताइएको छ । यो उद्योगले अहिले शहरी क्षेत्रमा निर्माण भइरहेका कंक्रिटका घरको विकल्पमा स्टील बनोटमा आधारित आवास संरचना निर्माणको विकल्प दिलाएको छ । ‘थ्री सिस्टर’को नामले चिनिने सृष्टि, सोनाली र शिल्पाको उद्योगले ‘मेनिफ्याक्चिरिङ इन्डष्ट्रिज’को क्षेत्रमा अहिले जोखिमपूर्ण कंक्रिटको साटो स्टीलमा व्यावसायिक आवास निर्माणको क्षेत्रमा सुनौलो सम्भावना देखाएका छन् ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया