लोकान्तर
गत माघ ९ गते सुनसरीको इनरुवाका शिवनन्दन मेहताले आफ्नो बैंक खाताबाट ९ लाख रुपैयाँ अर्कै बैंकमा ट्रान्सफर भएको म्यासेज पाए।
उनले यस्तो म्यासेज राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा अनुमति पाएको नेपाल क्लियरिङ हाउस अर्थात 'कनेक्ट आईपीएस'मार्फत पैसा ट्रान्सफर भएको भनेर पाएका थिए।
आफ्नो अनुमतिविना पैसा ट्रान्सफर भएपछि उनी बैंकमा पुगे। बैंकले रकम ट्रान्सफर भइसकेकाले जुन बैंकमा ट्रान्सफर भएको हो, त्यहाँ जान सुझायो।
उनी तत्काल पैसा ट्रान्सफर भएको बैंकमा पुगे। विडम्बना, सो बैंकबाट चेकमार्फत पैसा निकालिइसकिएको थियो। बैंकका कर्मचारीले आफूले केही गर्न नसक्ने जवाफ दिए। त्यसपछि मेहताले कनेक्ट आईपीएसलाई फोन गरे।
कनेक्ट आईपीएसले चेकमार्फत बैंकले भुक्तानी गरिसकेको भन्दै आफूले केही गर्न नसक्ने जवाफ दियो।
डिजिटल भुक्तानी प्रणाली सञ्चालकको अनुमति लिएको कनेक्ट आईपीएसले यस्तो गैर-जिम्मेवार जवाफ दिएपछि अहिले उनले नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया