अन्नपूर्ण पोष्ट
हिजो जस्तै लाग्छ तर २० वर्ष बितेको पत्तै भएन। आजकै दिन, कसैले त यसलाई महान् दिन भनेर सम्झिन चाहन्छन् तर म यो दिनलाई हाम्रो परिवारको कालो दिन भनेर सम्झन्छु ! सुरुमा ठूलो आवाजमा नारा जुलुस ! ‘महान् जनयुद्ध सफल पारौं ! वीर सहिद लालसलाम !’ जस्ता अनेकौं नारासहित महान् जनयुद्धका हिमायतीहरू अगाडि बढे ! लाग्थ्यो आज जिल्ला हान्न सुरु गरे। अब हामीलाई नि लिएर जान्छन्।
सुरुमा सेना अगाडि बढ्यो। अब पछि–पछि हामी नि जाने त होलाजस्ता खुल्दुली भयो किनभने मावोबादी आन्दोलनमा हाम्रो ठूलो सहयोग थियो ! तर, कुरो जिल्ला कब्जाको रहेनछ ! एकाएक ठुल्दाइ (कमान खड्का, हाल नेकपा एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष)को आवाज आयो– ऐया मरें।’ मलाई मारेजस्तो आवाज अनि पैसा कता छ भन्जस्ता आवाजसहित पल्लो घरबाट बोल्यो भन्ने लाग्यो। बाहिर निस्किन खोजेँ तर घरको बाहिरबाट ‘लक’ गरेको रहेछ ! कमान्डर हुनुपर्छ फेरि निर्देशन आयो– सम्पूर्ण घरमा एम्बुस फिट गरिस् ? जवाफ पनि आयो– ‘फिट गरेँ सर !’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया