बिएल संवाददाता
अमेरिकाले चिनियाँ सामानमाथि ५० प्रतिशत अतिरिक्त कर थपेर १०४ प्रतिशत पुर्याएपछि चीनले पनि अमेरिकी साम्रगीमा ८४ प्रतिशत कर लगाउने घोषणा दिएको छ।
अमेरिकाको अवैधानिक करविरुद्ध जवाफी कारबाही भन्दै चीनले अमेरिकी सामग्रीमाथिको कर वृद्धि गरिदिएको हो। यसअघि अमेरिकाले कुनै सामानहरू चीन पठाउँदा ३४ प्रतिशत निर्यात कर तिर्नुपर्थ्यो।
तर त्यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ५४ प्रतिशत कर वृद्धि गरिदिएका थिए। चीनसँगै विश्वका सबै देशका सामान आयातमा उनले न्यूनतम १० प्रतिशतदेखि कर लगाउने घोषणा गरेका हुन्।
आफूले वृद्धि गरेको करमा केही छुट दिन सकिने भन्दै ट्रम्पले त्यसअघि चीनलाई अमेरिकी सामानमाथिको कर फिर्ता गर्न चेतावनी दिएका थिए। तर चीनले मानेन र ट्रम्पले उसका सामग्रीमाथि कर बढाएर १ सय ४ प्रतिशत पुर्याइदिएका हुन्।
त्यसको बदलामा चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकी सामग्रीहरूमा कर बढाउँदै ८४ प्रतिशत पुर्याइदिएको हो।
र, याे पनि-
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया