बिएल संवाददाता
अमेरिकाले चिनियाँ सामानमाथि ५० प्रतिशत अतिरिक्त कर थपेर १०४ प्रतिशत पुर्याएपछि चीनले पनि अमेरिकी साम्रगीमा ८४ प्रतिशत कर लगाउने घोषणा दिएको छ।
अमेरिकाको अवैधानिक करविरुद्ध जवाफी कारबाही भन्दै चीनले अमेरिकी सामग्रीमाथिको कर वृद्धि गरिदिएको हो। यसअघि अमेरिकाले कुनै सामानहरू चीन पठाउँदा ३४ प्रतिशत निर्यात कर तिर्नुपर्थ्यो।
तर त्यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ५४ प्रतिशत कर वृद्धि गरिदिएका थिए। चीनसँगै विश्वका सबै देशका सामान आयातमा उनले न्यूनतम १० प्रतिशतदेखि कर लगाउने घोषणा गरेका हुन्।
आफूले वृद्धि गरेको करमा केही छुट दिन सकिने भन्दै ट्रम्पले त्यसअघि चीनलाई अमेरिकी सामानमाथिको कर फिर्ता गर्न चेतावनी दिएका थिए। तर चीनले मानेन र ट्रम्पले उसका सामग्रीमाथि कर बढाएर १ सय ४ प्रतिशत पुर्याइदिएका हुन्।
त्यसको बदलामा चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकी सामग्रीहरूमा कर बढाउँदै ८४ प्रतिशत पुर्याइदिएको हो।
र, याे पनि-
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया