बिएल संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।
शुक्रबार नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानसमेत रहेका पौडेलले यस्तो बताएका हुन्।
निर्माण व्यवसायीले आफ्नो कामकाे भुक्तानी छिटो दिलाइदिन आग्रह गर्दै पौडेललाई भेट्न पुगेका थिए। यसअघि पनि निर्माण व्यवसायी संघले भुक्तानी नमिलेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको थियाे।
पौडेलले निर्माण व्यवसायीलाई भेटेको अवसरमा सरकारले क्रमिक रुपमा भुक्तानी दिएको र यस्तो सदासतालाई कमजाेरी नठान्न भनेका थिए।
उनले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको बताउँदै सरकारले हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको पनि जानकारी दिए।
‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ। तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’–उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने–‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन।’
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया