बिएल संवाददाता
पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ। वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।
यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ। यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ।
आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन्। यो कम्तीमा ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ।
टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए।
अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए। त्यसपछि प्रत्येक नमूनाबाट फिंगरप्रिन्ट निकालिएको थियो
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया