बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ।
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो। मन्त्रालयले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तपत्र हस्तान्तरण गरेका हुन्। शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रर्वधनका लागि काम गर्नुपर्ने बताइएको छ।
शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुन्। यसैगरी उनले गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसकेकाे बताइएको छ।
कला क्षेत्रमासमेत रुचि राख्ने शाहले नेपालको पर्यटन प्रर्वधन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया