बिएल संवाददाता
डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ।
डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै गएको’ अवस्थालाई उल्टाउन नाटकीय कार्यको लागि आह्वान गरेको छ।
२०औं शताब्दीको सुरुदेखि नै अष्ट्रेलिया को औसत जमिनको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस तातो बनाउने जलवायुले क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ।
‘दबावलाई पर्याप्त रूपमा व्यवस्थापन गर्न नसक्दा प्रजातिहरू लोप हुने क्रम जारी रहनेछ’ वैज्ञानिकहरूले प्रतिवेदनमा चेतावनी दिएका छन्।
अष्ट्रेलियाका वातावरणमन्त्री तान्या प्लिबर्सेकले यो ‘चकित पार्ने दस्तावेज’ भएको बताइन्।
उनले अगाडि थपिन्, ‘यसले अष्ट्रेलियाको वातावरणमा संकट र गिरावटको कथा बताउँछ’, उनले भनिन्।
पूर्ववर्ती कन्जरभेटिभ सरकारको नेतृत्वमा डिसेम्बर २०२१ मा रिपोर्ट प्राप्त भए पनि त्यो सार्वजनिक नभएको वामपन्थी लेबर पार्टीका सदस्य प्लिबर्सेकल बताइन्। मे महिनामा अष्ट्रेलिया मा निर्वाचन सम्पन्न भएको थियो।
अष्ट्रेलिया मा सन् २०१९ देखि सन् २०२० को ‘बुस फायर’मा ८० लाख हेक्टर भन्दाबढी देशी वनस्पति जलेको र १ देखि ३ अर्ब जनावर मारिएको वा विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ।
सन् १९९० यता लाखौं हेक्टर प्राथमिक वन फडानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
अष्ट्रेलिया को वातावरण संरक्षण कानुन मूल्यांकन नगरी सन् २००० र २०१७ को बीचमा खतरामा परेका प्रजातिको ७० लाख हेक्टरभन्दा बढी बासस्थान खाली गरिएको थियो।
पाँच वर्षमा अष्ट्रेलियाको वातावरणीय कानुनअन्तर्गत खतरामा परेका प्रजातिहरूको सूचीमा राष्ट्रिय महत्वका २०० भन्दा बढी वनस्पति र जनावरका प्रजातिहरू थपिएका छन्।
‘अष्ट्रेलियाले अन्य कुनै पनि महादेशको तुलनामा धेरै स्तनधारी प्रजातिहरू गुमाएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘नयाँ प्रजातिहरूको संख्या पाँच वर्षमा आठ प्रतिशतले खतरामा परेको छ। ’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया