बिएल संवाददाता
'द ग्रेट इन्डियन कपिल शो' को पहिलो एपिसोडमा रणवीर कपूर, उनकी आमा नीतु कपूर र बहिनी रिद्धिमा कपूर-साहनी अतिथिको रूपमा सहभागी भएका थिए।
यस एपिसोडमा तीनै जनाले ऋषि कपूरलाई पनि सम्झिए। ४ वर्षअघि ऋषि कपूरले संसार छोडेका थिए।
कपिल शर्माको प्रिमियर एपिसोडमा रणवीर कपूर, नीतु कपूर र रिद्धिमाले आफ्नो व्यक्तिगत जीवनका साथै ऋषि कपूरको बारेमा धेरै रोचक कथाहरू पनि सेयर गरेका थिए।
बुबा ऋषि कपूरको बारेमा कुरा गर्दै रणबीर कपुरले भने, 'वास्तवमा ऋषि कपुर मूल ट्रोल थिए। सामाजिक सञ्जालमा चर्चित हुनु अघि पापा वास्तविक ट्राेलर हुनुहुन्थ्यो। राति हुनेबित्तिकै दुई गिलास कागती पानी पिएपछि (हाँस्दै) उहाँको पहिलो फोन हाम्रै फूपुलाई जान्थ्याे। पापा फूपुसँग एक घण्टा कुरा गर्नुहुन्थ्याे। त्यही कुराकानी पापाले फूपुलाई धेरै ट्रोल गर्नुहुन्थ्याे। कहिले गाली गर्नुहुन्थ्याे त कहिले लापरवाहीकाे कारण जिस्काउनुहुन्थ्याे। म, आमा र रिद्धिमा उहाँसँग बसेर उहाँको कुराकानीको आनन्द लिन्थ्यौं।'
बुबाले ट्रोल गरेपछि फूपु धेरै रूने गर्थिन्। अनि आमालाई फाेन गर्दै सुनाउँथिन्। छाेरीकाे गुनासाे सुनेपछि ऋषि कपूरकी आमाले उनलाई फाेन गरेर कराउँथिन्। उनका अनुसार ऋषिलाई मानिसहरूकाे ट्रोल गर्दा रमाइलाे लाग्थ्याे।
ऋषि कपूरसँग डराउँथे रणबीर
रणबीरका अनुसार ऋषि कपूर रिसाह थिए। त्यसैले उनी आफ्नाे पितासँग डराने गर्थे। टाेलका मानिसहरूले केही गल्ती गर्दा उनी रिसले चुर हुन्थे।
त्यही रिसकाे अनुहार देखेर डराउने गर्थे रणबीर र उनका साथीहरू। 'मलाई तरकारी खान पटक्कै मन लाग्दैनथ्यो। तर उहाँले खान लगाउनुहुन्थ्याे। मलाई उहाँदेखि निकै डर लाग्थ्यो।'
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया