बिएल संवाददाता
'द ग्रेट इन्डियन कपिल शो' को पहिलो एपिसोडमा रणवीर कपूर, उनकी आमा नीतु कपूर र बहिनी रिद्धिमा कपूर-साहनी अतिथिको रूपमा सहभागी भएका थिए।
यस एपिसोडमा तीनै जनाले ऋषि कपूरलाई पनि सम्झिए। ४ वर्षअघि ऋषि कपूरले संसार छोडेका थिए।
कपिल शर्माको प्रिमियर एपिसोडमा रणवीर कपूर, नीतु कपूर र रिद्धिमाले आफ्नो व्यक्तिगत जीवनका साथै ऋषि कपूरको बारेमा धेरै रोचक कथाहरू पनि सेयर गरेका थिए।
बुबा ऋषि कपूरको बारेमा कुरा गर्दै रणबीर कपुरले भने, 'वास्तवमा ऋषि कपुर मूल ट्रोल थिए। सामाजिक सञ्जालमा चर्चित हुनु अघि पापा वास्तविक ट्राेलर हुनुहुन्थ्यो। राति हुनेबित्तिकै दुई गिलास कागती पानी पिएपछि (हाँस्दै) उहाँको पहिलो फोन हाम्रै फूपुलाई जान्थ्याे। पापा फूपुसँग एक घण्टा कुरा गर्नुहुन्थ्याे। त्यही कुराकानी पापाले फूपुलाई धेरै ट्रोल गर्नुहुन्थ्याे। कहिले गाली गर्नुहुन्थ्याे त कहिले लापरवाहीकाे कारण जिस्काउनुहुन्थ्याे। म, आमा र रिद्धिमा उहाँसँग बसेर उहाँको कुराकानीको आनन्द लिन्थ्यौं।'
बुबाले ट्रोल गरेपछि फूपु धेरै रूने गर्थिन्। अनि आमालाई फाेन गर्दै सुनाउँथिन्। छाेरीकाे गुनासाे सुनेपछि ऋषि कपूरकी आमाले उनलाई फाेन गरेर कराउँथिन्। उनका अनुसार ऋषिलाई मानिसहरूकाे ट्रोल गर्दा रमाइलाे लाग्थ्याे।
ऋषि कपूरसँग डराउँथे रणबीर
रणबीरका अनुसार ऋषि कपूर रिसाह थिए। त्यसैले उनी आफ्नाे पितासँग डराने गर्थे। टाेलका मानिसहरूले केही गल्ती गर्दा उनी रिसले चुर हुन्थे।
त्यही रिसकाे अनुहार देखेर डराउने गर्थे रणबीर र उनका साथीहरू। 'मलाई तरकारी खान पटक्कै मन लाग्दैनथ्यो। तर उहाँले खान लगाउनुहुन्थ्याे। मलाई उहाँदेखि निकै डर लाग्थ्यो।'
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया