बीएल ब्रेकिङ : बुटवलमा गोली चल्यो, एकजनाको मृत्यु

सांकेतिक फोटो: गूगल

वुटवलको जीतगढीमा अज्ञात समुको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेको पहिचान भारतीय नागरिक फिरोज खानका रूपमा भएको प्रहरीले जानकारी दिएको छ। 

प्रलेश ५ नम्बर प्रहरी प्रमुख पिताम्बर अधिकारीका अनुसार मृत्‍यु भएका भारतीय नागरिक केही महिनादेखि बुटवलमा बस्दै आइरहेका थिए।

घटनाको अनुसन्धान जारी छ। पूर्ण विवरण आउँन बाँकि नै छ।

प्रकाशित मिति: : 2019-03-27 21:31:07

प्रतिकृया दिनुहोस्