एनआरएनको नयाँ नेतृत्वलाई गम्भीर झड्का, हुँदैन दोहोरो नागरिकता

चिची पनि पापा पनि त कसरी हुन्छ र ? - एनआरएनमा दोहोरो नागरकिकतावालालाई गम्भीर धक्का !

एनआरएनएको नवौ विश्व सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले नेपाल नछोड्दै गम्भीर झड्का खानु परेको छ । 

नेकपाको समर्थनमा जितेको कुमार पन्त समुहलाई त्यही पार्टीका अन्तर्राष्टिय विभाग प्रमुखसमेत रहेका माधव नेपालले यस्तो झड्का दिएका हुन् । 

नेकपामा तेस्रो वरियताका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपालले भने,' एनआरएनलाई राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता हुदैन । यसका लागि नेपाली जनता तयार छैन । नेपालको मात्र नागरिक रहेका र अरू देशको समेत नागरिक भएकालाई एउटै स्टाटस दिने कुरा असम्भव हो । '

उनले काठमाडौैङमा आयोजित एक कार्यक्रममा एनआरएन नेतृत्वलाई आजकै दिनदेखि दोहोरो नागरिकताको भ्रमबाट मुक्त हुन आग्रह गर्दै एकपटकको नेपाली सधैंको नेपाली पनि उनीहरूको व्यवहारमा भर पर्ने बताए । संवैधानिक हिसाबले नागरिकता सकेर अर्को देशको नागरिकता लिएपछि बचाउने भनेको भाषा, संस्कृति र भेषभेषाको नेपाली हो । उनीहरूले त्यो बचाए भने मात्र नेपाली हुने हो ।

अहिले संविधानले दिएको राजनीतिक अधिकार बिनाको नागरिकता नै धेरै भएको विचार व्यक्त गर्दै त्यो भन्दा बढी मागे नेपाली जनताले त्यो पनि दिनु हुदैन भन्ने पक्षमा आन्दोलन गरर्ने बताउँदै नेता नेपालले भने, ' हामीलाई यही नै ठीक छ । यसका लागि हामी नेपाल र नेपालीप्रति कृतज्ञ छौं भन्ने समयमै सार्वजनिक अभिव्यक्ति दिनुहोस् ।' 

अरू देशको नागरिकता त्यागेर आफ्नो जन्मभूमिमा फर्कनु होस् । नेपाली जनताले तपाईलाई हिरो ठान्नेछन् । तर, चिची पनि पापा पनि भनेर दुबैतिरको नागरिकताको लोभ गर्नुभयो भने कुनै पनि बेला तपाईको नेपाली ढोका बन्द हुनेछ ।

उनले अगाडि भनेका छन्, ‘दुइटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन । चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा प्रस्ट हुनुहोस् ।’

नेपाली नागरिकता नै कायम राखेर बसेका एनआरएन र नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेकालाई एकै खालका एनआरएन ठान्ने कुरा नै गलत भएको पनि उनले बताए । उनले भने, संसदीय समितिमा रहेको नागरिकतासँग सम्बन्धित विधेयकमा यसबारेमा पनि ध्यान दिन जरूरी रहेको देखियो ।  

आफ्नो जन्मभूमिमा फर्कन चाहने एनआरएनलाई सदैव ढोका खुल्ला रहेको बताउँदै उनले भने, त्यसका लागि विदेशको नागरिकता त्यागेर आउनुहोस् । नेपाली जनताले तपाईलाई हिरो ठान्नेछन् । 

नेता नेपालको भनाइ नेपाल सरकारको आधिकारिक भनाइ नभए पनि यसको ठूलो अर्थ हुन्छ । किनकि, उनी दुईतिहाइ बहुमत भएको सत्तारूढ नेकपाका तेस्रो वरियताका पार्टीका प्रभावशाली नेता हुन् । अरू देशको नागरिकता लिइसकेका एनआरएनलाी राजनीतिक अधिकारसहितको नागरिकता दिने कुराको विरोधमा नेपाली जनमत रहेको छ। व्यक्तिगत रूपमा केही नेता, कार्यकर्ताले बेलाबेलामा आफ्ना आफन्तलाई खुशी पार्न, प्रवासी कार्यकर्ताबाट चन्दा असुल्न दोहोरो नागरिकताको पक्षपाती देखाउनु बेग्लै कुरा हो । 

प्रकाशित मिति: : 2019-10-20 23:47:05

प्रतिकृया दिनुहोस्