प्रचण्डले अमेरिका नछोड्दै अमेरिकातिरै उडे 'ईश्वर'

तस्वीर : रासस

केही समययता अमेरिकामा नेपालको हाइप्रोफाइल भ्रमण जारी छ। सत्तारूढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड नेपाल उडेकै अर्को दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल अमेरिकाका लागि उडिसकेका छन्।

काठमाडौंबाट उडिसकेका पोख्रेल बुधबार विहान ११ बजे न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा ओर्लदै छन्। 

ओली सरकारमा पहिलो वरियताका उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री रहेका छन्। उनी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन आएका हुन्। उनीसँगै नेपाली प्रतिनिधिमण्डल पनि छ, त्यही प्रतिनिधिमण्डलको उनी नेता हुन्। 

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख अमृतबहादुर राईको सरकारी पाहुना बन्ने उपप्रधानमन्त्री पोखरेलले चैत १५ गते राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुने सम्मेलनलाई सम्बोधन गर्नेछन् । 

भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदाय, उद्यमी व्यवसायी तथा लगानीकर्तासँग समेत अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ।

उपप्रधानमन्त्री पोखरेल अप्रिल २ मा नेपाल फर्कने छन्। 

प्रकाशित मिति: : 2019-03-27 07:42:56

प्रतिकृया दिनुहोस्