फूलपातीमा नवपत्रिकासँगै भित्र्याइन्छ नवदुर्गा

शक्तिपूजाको महोत्सव हो, दसैं। विशेषतः दुर्गा भवानीको नौवटा रूपको पूजा गर्दै मनाइन्छ।

यसरी नवदुर्गाको पूजा मनाइँदै गर्दा नवदुर्गाका नौ सहायक देवीको पनि पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार नवपत्रिकामार्फत् नवदुर्गाका यी सहायक देवीलाई भित्र्याइन्छ।

घरघरमा भित्र्याइने फूलपातीमा नौवटा बोट, फूल र पालुवा रहेका हुन्छन्। घटस्थापनाका दिन पूजा गरिने दसैंघरमा नै वैदिक विधिबमोजिम फूलपाती भित्र्याइने चलन छ।

फूलपातीलाई शुभसाइतको प्रतीक पनि मानिन्छ।

नवपत्रिकालाई नवपार्षद् पनि मान्छन्, नेपाल पञ्चा निर्णायक समितिका अध्यक्ष तथा धर्मशास्त्रविद् रामचन्द्र गौतम। उनका अनुसार नवपत्रिकाको प्रत्येक बोट, पालुवाले अलग–अलग देवीलाई जनाउँछ र यसरी नवदुर्गाको आराधना गर्दा उनकी सहायक देवीको पनि आराधना गर्ने प्रचलन रहेको छ।

प्रकाशित मिति: : 2019-10-05 07:03:17

प्रतिकृया दिनुहोस्