टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर

मोरङको सुन्दरहरैंचा नगरपालिका–६ स्थित सडकखण्डमा आइतबार दिउँसो टिपरले ९ वर्षीय बालकको ज्यान लिएको छ। टिपरको ठक्करबाट लुकास थपलियाको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गको भित्री सहायक बाटोमा को१ख ६२७३ नम्बरको तीव्र गतिको टिपरको ठक्करले बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-29 17:24:47

प्रतिकृया दिनुहोस्