इलाम नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको ज्यान गएको छ।
अपराहन्न २ बजेको समयमा बिब्ल्याँटेबाट सुम्बेक जाने क्रममा छाँगे खोलामा दुर्घटनामा परेर अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेका इन्चार्ज रवीकुमार मगरको निधन भएको हो।
सुम्बेकमा झगडा भएको भनी सूचना आएपछि बा२ब २२८८ नम्बरको मोटरसाइकल चढेर घटनास्थलतर्फ हिँडेका थिए। सो क्रममा बाटो माथिबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीसँगै गएका रामसेवक मोची घाइते भएका छन्। उनको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका हवलदार ऋद्धि खनालले जानकारी दिए।