भूकम्पपीडितका लागि भन्दै देश–विदेशवाट उठाइएको ठूलो परिमाणको रकम विवेकशील नेपाली दलले पार्टीको आन्तरिक खर्च र बचत खातामा जम्मा गरेको भेटिएको छ। २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पका लागि भन्दै उठाइएको २ करोड ३९ लाख ४ हजार ८ सय ४२ रुपैयाँमध्ये १ करोड ३४ लाख ९४ हजार ९ सय ९२ मात्रै वितरण गरेर बाँकी १ करोड ४ लाख ९ हजार ८ सय ४९ रुपैयाँ पार्टीको काममा खर्च गरेको भेटिएको हो।
जसमध्ये पार्टीको आन्तरिक खर्चमा २६ लाख १४ हजार ६ सय २३ र ७७ लाख ९५ हजार २ सय २५ रुपैयाँ २५ पैसा भने नेपाल इन्भेस्टमेन्ट बैंक र सानिमा विकास बैंकलगायतमा बचत गरेको निर्वाचन आयोगलाई बुझाएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।