युक्रेनका राष्ट्रपतिद्वारा कार्यालयमा राष्ट्रपतिको हैन, आफ्ना नानीहरूको फोटो राख्न आदेश

सपथग्रहणपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की। तस्बिर: एजेन्सी

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पदभार ग्रहण समारोहमा देशभरका कार्यालयमा आफ्नो तस्बिर नझुण्ड्याउन निर्देशन दिएका छन्।

उनले भने-‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्बिर हेर्न चाहन्छु। राष्ट्रपति कुनै आइकन होइन, न मुर्ति हो, राष्ट्रपति न त पोट्रेट नै हो। त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्बिर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस्।’ 

हाँस्यकलाकारबाट राष्ट्रपति निर्वाचित भोलोदमिर जेलेन्स्कीले सोमबार  राष्ट्रपतिको कार्यभार सम्हाल्दै यस्तो आदेश दिएका छन्। 

उनको यो आदेशले युक्रेनमा द्विविधा सिर्जना भएको छ।वर्षौदेखि कार्यालयमा राष्ट्रपतिको फोटो राख्दै आएका कर्मचारी के गर्ने के नगर्ने दोधारमा छन्। 

राष्ट्रपति कार्यालयमै उनको फोटो राख्ने कि नराख्ने अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। 

उनको यो सन्देशलाई परिवर्तन चाहने युक्रेनी जनताले भने स्वागत गरेका छन्।एक युक्रेनी पत्रकारले लेखृका छन्- राष्ट्रपतिको यो सन्देशभित्र गम्भीर अर्थ लुकेको छ। यसको अर्थ आफूले आफूलाई नढाँट भनेको हो।

 

प्रकाशित मिति: : 2019-05-22 07:32:26

प्रतिकृया दिनुहोस्