भारतमा एक सांसदसहित ११ जनाको हत्या

Agency

भारतको अरुणाचल प्रदेशका सांसद तिरोंग अबोसहित ११ जनाको हत्या भएको छ। 

तिरोंगको दललाई अरुणाचल प्रदेशको तिरप जिल्लास्थित बोगापानी गाउँमा अज्ञात उग्रवादी संगठनले एक्कासी आक्रमण गरेको थियो।

तिरोंग अरुणाचलको क्षेत्रिय पार्टी नेशनल पिपल्स पार्टी (एनपिपी) का सांसद हुन्। सन् २०१२ मा गठन भएको यो पार्टीले राष्ट्रवादी कांग्रेस पार्टीलाई सत्ताच्युत गरेको थियो।

पार्टीको प्रभाव मेघालयसम्म छ।

आक्रमणमा तिरोंग परिवारको ७ जनाको निधन भएको थियो। जसमा उनको छोरा पनि छन्। उनको सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीको पनि ज्यान गएको छ।
घटनाको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले कडा शब्दमा निन्दा गरेका छन्।

 

प्रकाशित मिति: : 2019-05-21 20:39:30

प्रतिकृया दिनुहोस्