प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कदै

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदैछन्।

प्रधानमन्त्री ओलीसहितको टोली आज साँझ ७ बजे नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली  वैशाख २६ गते भ्रमणमा निस्किएका थिए।

वैशाख २६ देखि ३० सम्म भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भियतनाम र कम्बोडियासँग द्विपक्षीय हितका विषयमा विभिन्न सहमति, समझदारी र छलफल भएका छन्।

प्रकाशित मिति: : 2019-05-15 08:54:04

प्रतिकृया दिनुहोस्