युक्रेनमा हाँस्यकलाकार बने राष्ट्रपति

युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदिमर जेलेन्स्की । फाइल तस्वीर

युक्रेनमा राजनीतिक पार्टीका नेताप्रति चरम वितृष्णा सिर्जना भएपछि एक हाँस्य कलाकार प्रचण्ड बहुमतका साथ राष्ट्रपतिमा निर्वाचित भएका छन्। 

राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा ७३.२ प्रतिशत मत प्राप्त गर्दै हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई पराजित गरेका हुन् । पोरोसेन्को २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन्

पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत नल्याएकाले आइतबार दोस्रो चरणमा राष्ट्रपतिको मतदान भएको थियो ।

पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पोरोसेन्को विरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । जेलेन्स्कीले पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए, तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् । 

निर्वाचनमा विजयी भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बाचा गरेका छन् ।

प्रकाशित मिति: : 2019-04-23 09:47:07

प्रतिकृया दिनुहोस्