काभ्रेमा बिप्लव माओवादी र प्रहरीबीच भिडन्त

तस्बिरः गुगल म्याप

काभ्रेको रोशी गाउँपालिका-२ फलामे साँघुमा मंगलबार साँझ प्रहरी र बिप्लव माओवादीका कार्यकर्ताबीच गोली हानाहान भएको छ।

विप्लव माओवादीका कार्यकर्ता पक्राउका लागि काभ्रे पुगेको महानगरीय अपराध महाशाखाको टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो।

घटनास्थलबाट प्रहरीले एक विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ। महाशाखाका एसपी केदार ढकालका अनुसार घटनामा प्रहरीतर्फ भने कुनै क्षति भएको छैन।

महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको थियो।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको छ। फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको हो।

यद्यपी घटनाको थप बिवरण भने आउँन बाँकि नै छ।

प्रकाशित मिति: : 2019-03-19 21:55:50

प्रतिकृया दिनुहोस्